अमलेखगञ्ज फुटबल : उपाधीका लागी आज आर्मी र सिद्धबाबा भिड्ने

ए वान डेस्क
३ फाल्गुन २०७६, शनिबार ०८:२७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा जारी अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा आज फाईनल खेल हुदैछ । उपाधी भिडन्तका लागी हुन लागेको फाईनल खेलमा आर्मीको जंगल वार फेयर र सिद्धबाबा युवा क्लब ए बिच प्रतिस्पर्धा हुदैछ ।

अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा वडा नम्बर २१ को सुनौलो खेल मैदानमा जारी प्रतियोगितामा आकृति युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी हिजो फाईनल प्रवेश गरेको हो । उता, एभरेष्ट युवा क्लबलाई पराजित गर्दे सिद्ध बाबा युवा क्लब ए फाईनलमा प्रवेश गरेको थियो ।

उपाधीका लागी आज हुने आर्मी र सिद्धबाबाबिचको खेल दिउसो ३ बजेदेखि नै शुरु हुने आयोजक अमलेखगञ्ज युवा क्लबका अध्यक्ष बिस्वास साहले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने अध्यक्ष साहले जानकारी दिनुभयो । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने म्यान अफ द म्याच, हाईस्कोर, बेस्टकप, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट स्टाईकर आदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साहले बताउनुभयो । प्रतियोगितामा सिद्ध बाबा युवा क्लब, तमु युवा क्लब ए, एन.जि स्टार क्लब, एभरेष्ट युवा क्लब,, अमलेखगञ्ज ११, साहारा युवा क्लब, जंगल वार फेयर शिक्षालय, दक्षिणकालि युवा क्लब, तमुल युवा क्लब बि, आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*