तराई यातायात व्यवसायी संघ : सकियो मतदान, खस्यो ७१ प्रतिशत मत

ए वान डेस्क
३ फाल्गुन २०७६, शनिबार १७:३३

ए वान डेस्क /

नया कार्यसमिति चयन गर्न तराई यातायात व्यवसायी संघ सिमरामा भएको मतदान भर्खरै सकिएको छ । पाचौ अधिवेशनबाट नया कार्यसमिति चयन गर्न भएको मतदान केहिबेर अघि सकिएको हो ।

निर्वाचन प्रमुख मुकुन्द ब. क्षेत्रीले दिनुभएको जानकारी अनुसार ११९६ मत खसेको छ । १६८७ मत संख्यामा ७१ प्रतिशत मत खसेको हो । बिहान ९ बजेदेखि शुरु भएको मतदान केहिबेर अघि ५ बजे सकिएको थियो । निर्वाचन कमिटिले दिएको जानकारी अनुसार आजै मतगणना गर्ने तयारी गरिएको छ ।

आजै मतगणना गरिने हुदा आवश्यक सुरक्षा व्यवस्था पनि कडा बनाईएको निर्वाचन कमिटिले जनाएको छ । नया कार्यसमितिको लागी दुई वटा प्यानल चुनावी मैदानमा छन् ।

अध्यक्षका उम्मेदवार शंकर कुमार बिष्ट र जगरनाथ प्रसाद कलवार छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*