अमलेखगञ्ज फुटबल प्रतियोगिता : ‘उपाधी’ सिद्धबाबाको पोल्टामा
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा सञ्चालित अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा सिद्धबाबा युवा क्लब ए ले आज उपाधी जितेको छ । अमलेखगञ्ज युवा क्लबको आयोजनामा सुनौलो खेल मैदानमा आज भएको फाईनल खेल मैदानमा आर्मीको जंगल वार फेयरलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धबाबा युवा क्लब ए ले उपाधी जितेको हो ।
प्रतियोगितामा विजयी भएको सिद्धबाबाले १० हजार पायो भने उप बिजेता आर्मीले ५ हजारमा चित्त बुझाउनुपर्यो । आर्मी आकृती युवा क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।
उता, एभरेष्ट युवा क्लबलाई पराजित गर्दै सिद्धबाबा युवा क्लब ए फाईल प्रवेश गरेको थियो । विजयी हुन सफल सिद्धबाबा युवा क्लबलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधी हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री पौडेलले खेलले सबैको भावनात्मक एकतालाई जोड्ने बताउनुभयो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ का अध्यक्ष कृष्ण ठकुरी, २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, नेकपाका नेता मनोज पौडेल, ढुण्डीराज उप्रेती, अमलेखगंज गाविसका पूर्व अध्यक्ष भरत घले, युवा नेता विकास साह लगायतको उपस्थिति रहेको थियो । अमलेखगंज युवा क्लवका अध्यक्ष विश्वास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुवास श्रेष्ठले गर्नु भएको थियो ।
प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।
















