अन्नपूर्णकर्मी भण्डारीलाई उमादेवी पत्रकारिता पुरस्कार
बाराका अन्नपूर्णकर्मी दिवाकर भण्डारी स्व. उमादेवी (जानकी) पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।
कृपा दैनिकको १९औं वार्षिकोत्सब समारोहमा शनिवार अन्नपूर्णकर्मी भण्डारीलाई ५० हजार राशीको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
भण्डारीलाई पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य बलविर चौधरी, दिनेश राई, कृपा दैनिकका सम्पादक कमलकुमार उपाध्यायले दोसल्ला ओढाइ पुरस्कृत गरेका थिए ।
कुशल प्रकाशन समुहले स्थापना गरेको नवजान कल्याण कोषबाट कृपा दैनिकले प्रत्येक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । अन्नपूर्णकर्मी भण्डारीसंगै सो पत्रकारिता पुरस्कारबाट अर्का पत्रकार गम्भिरा सहनी पनि पुरस्कृत भएका छन । भण्डारी र सहनीलाई संयुक्त रुपमा उक्त पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी नवजान कोषले प्रत्येक वर्ष प्रदान गर्ने १० हजार राशीको स्व. चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी अनिल गौरवलाई पुरस्कृत गरिएको छ । कृपा दैनिकका सम्पादक कृष्णउदास खनालको स्वर्गीय बुवाको सम्झनामा उक्त पुरस्कार २०६६ सालदेखी वितरण हुँदै आएको छ ।















