तराई संघ अपडेट : २०० मत गन्दा बिष्ट ३७ मतले अघि, कसको कति ?

ए वान डेस्क
३ फाल्गुन २०७६, शनिबार २३:१४

ए वान डेस्क÷ /

नया कार्यसमिति चयन गर्न तराई यातायात व्यवसायी संघ सिमरामा भएको मतदानको मतगणना जारी छ । अहिलेसम्म २०० मतको गणना सकिएको छ । निर्वाचन कमिटिबाट प्राप्त जानकारी अनुसार अध्यक्षमा शंकर कुमार बिष्ट अगाडी छन् ।

२०० मत गन्दा अध्यक्षका उम्मेदवार बिष्टले ११८ मत ल्याएका छन् भने जगरनाथ कल्वारले ८१ मत ल्याएका छन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा बिष्ट प्यानलका कृष्ण ढुंगेलले ६० मत ल्याउदा कल्वार प्यानलका हरि शरण अधिकारीले १३२ मत ल्याएका छन् ।

दक्षिणतर्फको उपाध्यक्षमा बिष्ट प्यानलका सुहैल अख्तर अंसारी ११६ मत ल्याउदा कल्वार प्यानलका विजय शर्माले ७२ मत ल्याएका छन् । यस्तै उत्तरतर्फको उपाध्यक्षमा बिष्ट प्यानलका बोधराज आचार्यले ९१ मत ल्याउदा कल्वार प्यानलका माधव नेपालले ९५ मत ल्याएका छन् ।

पुर्वतर्फको उपाध्यक्षमा बिष्ट प्यानलका राजेन्द्र बहादुर अधिकारीले ११५ मत ल्याउदा कल्वारका प्यानलका प्रकाश महासेठले ६ मत ल्याएका छन् । यसैगरी महासचिवमा बिष्ट प्यानलका जीवन कुमार श्रेष्ठले ९४ मत ल्याएका छन् भने कल्वार प्यानलका अर्जुन प्रसाद अधिकारीले ९६ मत ल्याएका छन् ।

कसले कति ल्याए ? हेर्नुहोस् २०० मत गन्दाको मतपरिणाम ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*