तराई संघ सिमरा : अध्यक्षमा शंकर बिष्ट निर्वाचित, को–को भए विजयी ?
ए वान डेस्क /
तराई यातायात व्यवसायी संघ सिमराको अध्यक्षमा शंकर कुमार बिष्ट निर्वाचित भएका छन् । पाचौ अधिवेशनबाट नया कार्यसमिति चयन गर्न हिजो भएको निर्वाचनमा बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
केहिबेर अघि मात्र सार्वजनिक मतपरिणाम अनुसार शंकर कुमार बिष्टले ६२८ मत ल्याएका छन् । मतपरिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार जगरनाथ प्रसाद कल्वारले ५४५ मत ल्याएका हुन् ।
३ बर्षे कार्यकालका लागी हिजो भएको मतदानमा ११९६ मत खसेको थियो । बिष्टले कल्वारलाई ८३ मत अन्तरले पराजित गरेका छन् । योसंगै बरिष्ठ उपाध्यक्ष बाहेक बिष्टको प्यानल नै विजयी भएको छ । विहान ९ बजेबाट सुरु भएको मतदान हिजो साझ ५ बजे सकिएको थियो ।
नया कार्यसमितिको लागी दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षका उम्मेदवार शंकर कुमार बिष्ट र जगननाथ प्रसाद कलवार छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।
कसले कति मत ल्याए ?
बरिष्ठ उपाध्यक्ष : हरि अधिकारी विजयी ६४७
दक्षिणतर्फको उपाध्यक्ष : सुहैल अख्तर अंसारी ६५१
उत्तरतर्फको उपाध्यक्ष : बोधराज आचार्य ५७७
पुर्वतर्फको उपाध्यक्ष : राजेन्द्र बहादुर अधिकारी ६४६
महासचिव : जीवन कुमार श्रेष्ठ ५९८
सचिव : देव कुमार श्रेष्ठ ६७०
सचिव : लोकराज पौडेल ६६३
कोषाध्यक्ष : नारायण प्रसाद घिमिरे ६२९
सह कोषाध्यक्ष : युवराज न्यौपाने ६०८
सदस्य : दिलुमाया श्रेष्ठ ५९०
सदस्य : लोकबहादुर पोखरेल सानु दाई ५४९
सदस्य : मदनराज कंसाकार ५१६
सदस्य : मनोज यादव ६२०
सदस्य : नविन थापा ६०६
सदस्य : रामबहादुर कार्की ५७१
सदस्य : सुदिप रिमाल ६११
सदस्य : तुफान फारुक अंसारी ५५६
सदस्य : उमकेश्वर प्रसाद रौनियार ५५३















