‘सपथ ग्रहण’ मा कल्वारलाई बिष्टले भने : ‘दाईसंग म सहकार्य गरेर काम गर्छु’

ए वान डेस्क
५ फाल्गुन २०७६, सोमबार १५:०७

प्रदिप गौतम /

तराई यातायात व्यवसायी संघ सिमराको कार्यालय परिषरमा आज नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरे । शनिवार ३ बर्षे कार्यकालका लागी नया कार्यसमिति चयन गर्न निर्वाचन भएको थियो ।

जसमा बरिष्ठ उपाध्यक्ष बाहेक शंकर बिष्टको प्यानल नै विजयी भएको थियो । सपथ ग्रहण कार्यक्रममा बिभिन्न राजनितिक दलका व्यक्ति, संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, यातायात व्यवसायी लगायत सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार जगरनाथ प्रसाद कल्वारपनि उपस्थित थिए ।

सपथ ग्रहणअघि आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले शुभकामना मन्तब्य दिए । लगत्तै नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरियो । त्यसपछि निर्वाचन कमिटिका संयोजक मुकुन्द बहादुर क्षेत्रीले सबैलाई सपथ खुवाए । नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिने क्रम पनि शुरु भयो । सबैले बधाई दिन थालेपछि कार्यक्रमको अघिल्लो भागतिर बसेका अध्यक्षका उम्मेदवार जगरनाथ प्रसाद कल्वार जुरुक्क उठे । उनी सोझै अध्यक्ष बिष्टतिर हानिए ।

अध्यक्ष बिष्टनिर पुगे लगत्तै कल्वारले अंगालो हाल्दै बधाई तथा शुभकामना दिए । त्यतिकैमा अंगालो हाल्दै गरेका कल्वारलाई बिष्टले सहकार्य गरेर काम गर्नुपर्नेभन्दै आफुलाई सबैको साथ चाहिएको बताए । उनले भने : ‘उहा मेरो दाई हुनुहुन्छ, म उहासंग सहकार्य गरेर काम गर्छु’ । ‘तपाई र म मिलेर काम गर्नुपर्छ, यो संस्थालाई अघि बढाउनुपर्छ’ ।

त्यसो भने लगत्तै अध्यक्षका उम्मेदवार कल्वार मुसुक्क हास्दै भने ‘हो नि’ । सपथ कार्यक्रममा पनि बिष्टले सबैसंग सहकार्य गरेर आफु अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*