‘ज्यानमारा धुलो’ बाट बच्न जीतपुरसिमरामा युवाहरुले बाडे मास्क ! (भिडियोसहित)
ए वान डेस्क /
पथलैया–विरगञ्ज सडक खण्डमा अत्याधिक धुलो उड्न थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाका युवाहरुले आज मास्क बाडेका छन् । पटक पटक सम्बन्धीत निकायलाई धुलो नियन्त्रणको निम्ति समय समयमा पानि हाल्न भनेपनि बेवास्ता गरेपछि युवाहरुले मास्क बाडेका हुन् ।
ज्यानमारा धुलोका कारण स्वास्थ्य समस्या देखिन थालेको भन्दै बजनीका युवाहरुले आज मास्क बाडेका हुन् । बिभिन्न सावरी साधनमार्फत पथलैया–विरगञ्ज सडक खण्डमा यात्रा गरिरहेकाहरुलाई धुलोबाट बच्न मास्क बाडिएको सो कार्यक्रमका नेतृत्वकर्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले धुलो धेरै नै भएपछि मास्क बाडेका हौ, पानि हाल्ने काम यहा“ कसैले पनि गरेको देखिदैन्’ श्रेष्ठले भन्नुभयो । युवाहरुले केहिदिन भित्रमा धुलो नियन्त्रण नगरिए कडा सर्घष गर्ने चेतावनी दिएका छन् ।
‘हामीले धुलो नियन्त्रण गर्नको निम्ति यो शुरुवाती कार्यक्रम गरेका हौ, सधै यस्तै रहे थप दबाब मुलक कार्यक्रम गर्छौ’ स्थानीय युवा मुकेश गुप्ताले भन्नुभयो ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/rajuraj.giri.756/videos/137857041052146/















