सिमरामा महाशिवरात्री : ब्रह्मकुमारीले निकाल्यो झाकी

ए वान डेस्क
९ फाल्गुन २०७६, शुक्रबार १९:२७

ब्रमकुमारी राजयोग सेवा केन्द्र सिमराले महाशिवरात्री पर्वको अवसरमा बिशेष झाकी निकालेको छ । शिव, पार्बती र गणेश भगवानसहित निकालिएको झाँकीले सिमरा बजार परिक्रमा गरेको थियो ।

झाँकीको प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । झाँकी सहितको शोभा यात्रापछि कार्यालय परिषरमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले महाशिवरात्रीलाई नेपाल भ्रमण बर्षसंग जोडेर मनाउन सबैमा अनुरोध गर्नुभयो । नेपाल धार्मिक तथा साँस्कृतिक रुपले सम्पन्न देश भएकाले यसको उचित प्रचारप्रसार गर्नुपर्नेभन्दै धार्मिक पर्यटक प्रशस्त भित्रयाउन सक्ने अवस्था रहेको धारणा ब्यक्त गर्नुभयो ।

ब्रमकुमारी राजयोग सेवा केन्द्र सिमराकी ्रमुख मधु दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी, समाज सेवी राजाराम साह लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*