‘रजघट्टामा यु आर ट्रेड एण्ड सप्लायर्सको चियापान’

ए वान डेस्क
९ फाल्गुन २०७६, शुक्रबार १९:३८

महाशिवरात्रीको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टास्थित शिव मन्दिरमा दर्शनका लागि पुगेका भक्तजनहरुलाई यु.आर. ट्रेड एण्ड सप्लायर्स सिमराले निःशुल्क चियापान गराएको छ ।

गोर्खा चिया कफि उद्योगको उत्पादन सत्कार चियाको बारा पर्साका लागि आधिकारीक बिक्रेता समेत रहेको यु.आर. ट्रेड एण्ड सप्लायर्स ले दर्शनार्थीहरुको सेवासुबिधासँगै आफ्नो उत्पादनलाई ग्राहकसामु पु¥याउन यस्तो व्यवस्था गरेको हो ।

रजघट्टा चोक नजिकै रहेको शिव मन्दिरमा लागेको बिशेष मेलामा दिनभर करिब एक हजार पाँच सय जनालाई निःशुल्क चियापान गराईएको सप्लायर्सका सञ्चालक उमेश चौलागाईँले बताए ।

आईएसओ २०१५ बाट प्रमाणित एकमात्र चिया ‘उपकार’ को स्वाद र बिशेषताबारे ग्राहकलाई जानकारी दिन पनि निःशुल्क चियापानको व्यवस्था गरिएको उनले बताए ।

चौलागाई आफुले सञ्चालन गरेको यु.आर. अटोमेटिक लण्ड्रीमार्फत यस क्षेत्रमा छोटो समयमै सफल र कुशल व्यवसायीको परिचय बनाउन सफल भएका छन् ।

बारा खबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*