कोल्हबी ८ मा शिद्धेश्वर शिव मन्दिरको उद्घाटन
बाराको कोल्हबी नगरपालीका ८ मा शिवरात्रीको अवसर पारेर शिद्धेश्व शिव मन्दिरको उद्घाटन गरिएको छ । २०७३ सालमा सप्ताह संचालन गरि शिव मन्दिर लगाउने उदेश्य अनुरुप सप्ताहबाट संकलन गरिएको र स्थानिय तहको सहयोगमा करिब ४० लाख बराबरको लागतमा सो मन्दिर निर्माण गरिएको हो ।
मन्दिरको औपचारिक उद्घाटन गर्दै कोल्हबी नगर प्रमुख भरत भण्डारीले पर्यटन बर्ष २०२० लाई आफ्नो नगरमा धार्मिक र साँस्कृतिक रुपान्तरणमा केन्द्रित गरिने बताए ।
उनले समुदायलाई सकारात्मक दिशातिर डोर्याउन धर्मले प्रभाव पार्ने भन्दै नगरका धार्मिक धरोहरहरुलाई संरक्षण गर्नुपर्ने धारण राखे ।
उद्घाटन सत्रमा ब्यानर खोली नगर प्रमुख भण्डारीद्धारा उद्घाटन गरिएको मन्दिरलाई थप आवश्यक लगानी गर्न आफु तयार रहेको भन्दै उनले धार्मिक समुदायसंग आफु सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता समेत जनाए ।
उनले पछिल्लो समय नगरको सडक सञ्जालाई बिकासको प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै कोल्हबी ८ को बिकासमा आफ्नो केन्द्ति रहेको जिकिर गरे । उनले मन्दिरलाई थप १० लाख बराबरको रकमबाट वृद्धवृद्धा आराम गर्ने एउटा सेड निर्माण गर्ने घोषणा गरेको छन् ।
कार्यक्रममा बोल्दै कोल्हबी ८ का वडा अध्यक्ष सार्थक पौडेलले आफ्नो वडालाई धार्मिक बिबिधतामा एकताको सन्देश दिने वडाको रुपमा बिकास भएको भन्दै सिद्देश्व मन्दिर निर्माणका क्रममा स्वयम आफुपनी अहोरात्र खटेको जिकिर गरे ।
०७३ सालमा लगाइएको सप्ताहमा दान गरिएको जग्गामा हाल मन्दिर स्थापना गरिएको हो । स्थानिय टिकाराम पाध्याले सोहीबेला मन्दिर निर्माणका लागी १० धुर जग्गा दान गरेका थिए भने स्थानिय लिला गिरिले पनी १० धुर जग्गा दान गरेका छन् ।
हाल टिकाराम पाध्या दाताबाट प्राप्त भएको जग्गामा मन्दिर निर्माण गरिएको छ भने मन्दिरमा प्रयोग गरिएको बिभिन्न धार्मिक सरसामग्री समेत दाताहरुबाट दानमा लिइएको छ ।
कार्यक्रममा नगरका समाजसेवी गोबिन्द पौडेल, वडा सदस्यहरु राधा कुमारी नेपाल, राजेन्द्र पाण्डे, प्रभु चौधरी, कल्पना बि.क. , तामागढी साकोसका नयाँबस्ती शाखा संयोजक नारायण पौडेल, सुर्य ज्योती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बसन्त सुवेदी, ने.रा.मा.बि. कोल्हबी ८ बिद्यालय ब्यवस्थापन समिती मिलन हमाल, नागेश्वर शिव मन्दिरका अध्यक्ष लोक बहादुर कुँवर, सनराइज युथ क्लबका अध्यक्ष लिला बहादुर बस्नेत, समाजसेवी तथा मन्दिरका लागी मुर्तीदाता अर्जुन पराजुली, जग्गादाता झजिन्द्र पोख्रेल लगाएतले कार्यक्रममा मन्दिर संचालन सफलताको शुभकामना दिएका थिए । जग्गा दाता पाध्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा दाता परिवार गंगा सुवेदीको स्वागत मन्तब्य रहेको थियो ।















