सिमरामा खुल्यो ‘गौतम राज होटल’ : चौबिसै घण्टा खुल्ने
ए वान डेस्क /
बाराको सिमरामा गौतम राज होटल सञ्चालनमा आएको छ । होटल एक कार्यक्रमकाबिच होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतमले उद्घाटन गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित बिद्युत्त प्राधिकरण नजिकै सो होटल सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बरिष्ठ होटल व्यवसायी युवराज लामा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ होटलको बिशेषता
सो होटल २ करोडको लगानीमा सञ्चालनमा आएको हो । सुविधा सम्पन्न २० वटा कोठा, सेमिनार हल र पार्किङ्गको प्रयाप्त व्यवस्था रहेको होटल सञ्चालिका कल्याणी गौतमले जानकारी दिनुभयो ।
उहाका अनुसार गौतम राज होटल चौबिसै घण्टा खुल्नेछ । ‘यस क्षेत्रमा कसैले पनि २४ घण्टे सर्भिस दिएको छैन्, तर आजबाट हामीले त्यो सेवा दिदैछौ’ उहाले भन्नुभयो ।
















