कलैयामा चैत्र २० देखि ‘व्यापार मेला’ हुने
ए वान डेस्क /
बाराको कलैयामा यही चैत्र २० गतेदेखि कलैया व्यापार मेला हुने भएको छ । जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा कलैयाको कृषि बजारमा व्यापार मेला हुने भएको हो । बिगत लामो समयदेखि देशका बिभिन्न जिल्ला मेला महोत्सव गर्दै आएको द लिड ईन्टरटेण्टमेन्ट एण्ड एडभरटाईजिङ्गसंगको सहकार्यमा हुन लागेको व्यापार मेला बैशाख १ गतेसम्म चल्नेछ ।
भ्रमण बर्ष २०२० लाई सफल पार्ने उदेश्यका साथ आयोजना हुन लागेको मेला गर्ने बिषयमा आयोजक र ईभेन्टबिच आज सहमति भएको हो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने ल लिडका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।
मेलामा ख्यातिप्राप्त भोजपुरी कलाकारहरुको उल्लेख्य उपस्थिति रहने समेत उहाले बताउनुभयो ।















