मत्स्य व्यवसायी संघ बारा : तेस्रो अधिवेशन भोलि, सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
१६ फाल्गुन २०७६, शुक्रबार १७:०३

ए वान डेस्क /

नेपाल मत्स्य व्यवसायी संघ बाराको तेस्रो जिल्ला अधिवेशन भोलि हुदैछ । भोलि हुने तेस्रो अधिवेशनले नया कार्यसमिति चयन गर्नेछ । कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित तामागढी पार्टी प्यालेसमा हुने अधिवेशनको नगर प्रमुख भरत भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

३ बर्षे कार्यकालका लागी हुन लागेको अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले जानकारी दिनुभयो । ‘अधिवेशनको तयारी पुरा भईसकेको छ, भोलि भब्य रुपमा तेस्रो जिल्ला अधिवेशन सम्पन्न हुनेछ’ उहाले भन्नुभयो । शाह नेतृत्वको संघले माछा पालक किशानको लागी बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।

ज्युदो माछाको बजारिकरण, डिजिटल काटाको अवधारणासहित बिभिन्न कार्यक्रम गर्दै आएको संघले दुई पटक माछा महोत्सवसमेत सम्पन्न गरिसकेको छ । ‘हामीले अहिलेसम्म माछा किशानको लागी धेरै काम गरिसकेका छौ, उहाहरुको हक हितको निम्ति बारम्बार आवाज उठाउदै आएका छौ’ अध्यक्ष शाहले भन्नुभयो ।

नया नेतृत्वको लागी हालका बरिष्ठ उपाध्यक्ष एवं तेस्रो जिल्ला अधिवेशनका कार्यक्रम संयोजक बिरेन्द्र चौधरीको सम्भावना बढि देखिएको छ । तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गर्ने तयारी गरिएको बताईएको छ ।

जंगबहादुर शाहको ८ बर्षे कार्यकाल

हालका अध्यक्ष जंगबहादुर शाहले अहिलेसम्म ८ बर्ष संघको नेतृत्व गर्नुभयो । २ पटक ३–३ बर्षे कार्यकाल, १ बर्ष तर्दथ र १ बर्ष भुकम्पकै कारण उहा अध्यक्ष बन्नुभयो । ८ बर्षे कार्यकालमा अहिलेसम्म कुनै बिबाद सिर्जना भएन् ।

उहाले जिल्लाको नेतृत्व गरेदेखिनै देशैभर बाराको माछा परिचित बन्यो । माछा मात्रै हैन् उनले ज्युदो माछाको समेत परिचय कायम गर्न सफल हुनुभयो । आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न भएको उहाको भनाई छ । ‘मेरो कार्यकाल समग्रमा राम्रो रह्यो, अब म पदमा नहुदा पनि किशानकै हितमा काम गर्नेछु’ उहाले भन्नुभयो ।

हाल शाह ज्युदो माछा व्यवसायी संघको केन्द्रिय अध्यक्षसमेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*