कोरोना भाईरस : ‘११औ सिमरा गोल्डकप’ स्थगित

ए वान डेस्क
२४ फाल्गुन २०७६, शनिबार १४:५६

ए वान डेस्क /

कोरोना भाइरसको सन्त्रासका कारण रुस्लान ११औ सिमरा गोल्डकप स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै फुटबल गतिविधीहरु तत्कालका लागि स्थगन गर्ने घोषणा गरेसंगै ११औ सिमरा गोल्डकपपनि स्थगित भएको हो ।

यही चैत्र ६ गतेदेखि प्रतियोगिता शुरु हुने भनिएपनि कोरोना भाईरसको सन्त्रासका कारण हालका लागी अर्को सुचना जारी नभएसम्म प्रतियोगिता स्थगित गरिएको मुल आयोजक समारोह समितिले जनाएको छ ।

प्रतियोगिता मुल आयोजक समारोह समितिका प्रेस तथा सञ्चार उप–समिति संयोजक रेशम तिवारीले अर्को सुचना जारी नभएसम्मका लागी प्रतियोगिता स्थगित गरिएको जानकारी दिनुभयो । सरकारको निर्देशन बमोजिम एन्फाले सम्पुर्ण प्रतियोगिता स्थगन गरेपछि यसको प्रभाव सिमरामा पनि परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*