अमलेखगञ्जमा मोक्तान परिवारलाई युवाहरुले गरे सहयोग

ए वान डेस्क
२५ फाल्गुन २०७६, आईतवार १३:०८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ निवासी रामलाल मोक्तानको परिवारलाई स्थानीय युवाहरुले आज नगदसहित खाद्यान्न सहयोग गरेका छन् । घाईते मोक्तानको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ स्थानीय युवाहरुले उहाको परिवारलाई नगद २२०० रुपैयासहित खाद्यान्न सहयोग गरेका हुन् ।

करिव २ बर्षअघि रुखबाट लडेर वडा नम्बर २२ अमलेखगञ्ज निवासी मोक्तान घाईते हुनुभएको थियो । मोक्तानको घरमै पुगेर स्थानीय युवाहरु सुरेश लामा, रवीन्द्र लामा, सुरेश श्रेष्ठ र दीपेश थापाले नगद रकमसहित चामल, दाल, तेल, नुन आदी खाद्यान्न सहयोग गरेका हुन् ।

मोक्तान परिवारसंगको भेटपछि उनीहरुले अन्यलाई पनि सहयोग गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*