पत्रकार हत्या प्रकरण : यस्तो छ ‘घटनाको नालिबेली’ (सुन्नुहोस् अडियो)

ए वान डेस्क
२५ फाल्गुन २०७६, आईतवार १७:४७

प्रदिप गौतम, सिमरा

१२ बर्षअघि बारामा पत्रकार बिरेन्द्र साहको हत्या भयो । तत्कालिन बाराको ईनर्वासिरा गाबिस वडा नम्बर ८ निवासी पत्रकार साह २०६४ साल कार्तिक १८ गते अपहरणमा परे । बाराको उम्जन गाबिस अन्र्तगत पर्ने पिप्रा बसतपुरबाट ५ जनाले पत्रकार साहलाई अपहरण गरेका थिए ।

अपहरणपछि हत्या गरि फालेको अवस्थामा ६ दिनपछि तत्कालिन डुमरवाना गाबिसमा उनको शव फेला परेको थियो । गोलि हानि पत्रकार साहलाई उनीहरुले खाल्डोमा गाडिदिएका थिए । साहको हत्या भएको केहि समयपछि प्रहरीले २ जनालाई पक्राउपनि गर्न सफल भयो । दुई जना पक्राउ परेको ११ बर्षपछि बारा प्रहरीले घटनाका मुख्य योजनाकारलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

https://www.facebook.com/rajuraj.giri.756/videos/144341637070353/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*