सिमरा प्रहरीद्धारा जीतपुरबाट विप्लव ईन्चार्ज ‘नयन’ पक्राउ
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले विप्लव समुहका एक जनालाई पक्राउ गरेको छ । सिमरा लगायत आसपासका क्षेत्रमा रहेको एनसिएल टावरमा क्षति पुर्याउने, चन्दा असुली गर्ने तथा अन्य क्रियाकलापमा संलग्न रहेकोभन्दै प्रहरीले विप्लव समुहका एक जनालाई पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा सिमरा र जीतपुरबाट खटिएको प्रहरी टोलिले जीतपुरबाट हेटौडा निवासी ईन्द्र बहादुर नकडोली (परियार) लाई पक्राउ गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया निवासी परियारको साथबाट ६ थान बिभिन्न कम्पनीका मोबाइल, नेपाल टेलिकमको ६ थान सिमकार्ड, विप्लव समुहसंग सम्बन्धित पर्चा पम्प्लेट, किताब, डायरी र बा२७प १९९१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
पक्राउ परेका परियारले आफु विप्लव समुहको नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला ईन्चार्ज समेत रहेको बताएको पुरीले जानकारी दिनुभयो । पक्राउ परेका परियारका बिषयमा थप अनुसन्धान भईरहेको उहाले बताउनुभयो ।















