आज लाईभ म्युजिक र डिजेले तात्दैछ सिमरा
ए वान डेस्क /
रंगिन पर्वको होलिको अवसरमा बाराको सिमरामा आज लाईभ म्युजिक कार्यक्रम आयोजना गरिदैछ । स्थानीय युवाहरुको समुह सिमरा युवा समुहले आयोजना गरेको लाईभ म्युजिक विथ डिजे अहिले केहिबेरमा शुरु हुदैछ ।
सिमराको बस काउटर पछाडी हुने कार्यक्रम साझसम्म चल्नेछ । कार्यक्रममा कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने बुझिएको छ ।
स्थानीय युवाहरुको समुहले प्रत्यक बर्ष सिमरामा होलि बिशेष कार्यक्रम गर्दै आएको छ ।















