सिमरा प्रहरीको अर्को सफल्ता : बाहिर ‘प्रेस’, भित्र लागुऔषधको धन्दा

ए वान डेस्क
२७ फाल्गुन २०७६, मंगलवार १३:३६

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले अबैद्य लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक गोविन्द पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलिले सिमराबाट अबैद्य लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रेस लेखिएको मोटरसाईकलमा सवार विरगञ्ज निवासी जितेन्द्र कुमार सिंह र साईकलमा सावर भारत निवासी नासिर आलमलाई अबैद्य लागु औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो । प्रेस लेखिएको ना६२प ६२६७ नम्बरको मोटरसाईकल र साईकलवालाको साथबाट डाईजीपाम(३००(तिन सय) पिस, नुफिन ३००(तिन सय) पिस, फेनारगन३००(तिन सय) पिस गरी जम्मा ९००(नौ सय) पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*