गायत्री घर्ती आर्थिक सहयोगार्थ अभियानमा सहयोग गरौ !
ए वान डेस्क /
दाङको राप्ती गाउपालिका वडा नम्बर १ भालुबाङ्ग निवासी गायत्री घर्तीलाई यतिबेला आर्थिक सहयोगको खाचो छ । ३४ बर्षिया खत्रीलाई ब्रेन ट्युमर रोग लागेपछि उनको सहयोगमा आर्थिक सहयोगार्थ अभियान सञ्चालन गरिएको छ ।
घर्तीलाई विगत दुई वर्षदेखि ब्रेन ट्युमर भएको छ । उनको अहिलेसम्म चारपटक सम्म ब्रेन ट्युमरको अप्रेसन गरिसकिएको छ । आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारसमेत समस्या भईरहेको उनको परिवारजनले बताएका छन् ।
घर्तिका ३ वटा छोराहरु छन् । हालसम्म ४२ लाखभन्दा बढि रकम खर्च भईसकेको बताईएको छ ।
सहयोग पठाउनको लागि :
बैंक खातावालाको नाम : पिते घर्ती
खाता नम्बर : ०१२०१२००३०००६३३८५०००००१
बैंकको नाम , शाखा : कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड , भालुबाङ्ग , दाङ
थप जानकारी अथवा सहयोगको लागि : ९८४५४२२५०२ वा ९८०९१८९१११ ( निराज रानाभाट )















