बारा आएर मन्त्री नेम्वाङले भने : गौरवका आयोजनालाई प्राथमिक्ता दिएका छौ

ए वान डेस्क
२ चैत्र २०७६, आईतवार १२:२२

ए वान डेस्क /

भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न प्रतिवद्ध रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रहेको दुधौरा पुलको आज उद्घाटन गर्दै मन्त्री नेम्वाङले यस्तो बताउनुभएको हो ।

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई बिशेष प्राथमिक्ता दिएको उहाले बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, संविधानसभाका सदस्य नजमा आलम, प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा, यातायात विभागका महानिर्देशक केशव शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*