जीतपुरसिमरा १६ मा ‘कोरोना विरुद्धको अभियान’ शुरु
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा कोरोना भाईसर विरुद्धको अभियान शुरु गरिएको छ । कोरोना भाईरसको त्रास नेपालमा पनि बढ््दै गईरहेका बेला भाईसर विरुद्धको अभियान शुरु गरिएको हो ।
अभियान स्वरुप वडा नम्बर १६ र सचेत युवा समुह १६ को संयुक्त आयोजनामा आज १५ सय मास्क वितरण गरिएको छ । सचेत युवा समुह १६ का युवाहरु रामचन्द्र भट्राई, रोशन उप्रेती, गंगा दंगाल, कमल नेपाल लगायतको बिशेष सक्रियतामा १५ सय मास्क वितरण गरिएको हो । मास्क वितरण कार्यक्रम पिलुवाको भद्रकाली चोकबाट शुरु गरिएको थियो ।
त्यहाबाट गाउले चोक, मिलचोक, सखुवाघाट हुदै जनजागृती प्राविधिक शिक्षालयमा पुगेर बिद्यालयमा १०० थान वितरण गरिएको वडा अध्यक्ष केदारनाथ बजगाईले जानकारी दिनुभयो । कार्यक्रममा सचेत समुहका संयोजक रामचन्द्र भट्टराई, रोशन उप्रेती, कुमार तिमल्सिना, मलक नेपाल, समाजसेवी हरिदेव खरेल, गंगा दंगाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्र्तगत वडा न.१७ र १८ मा पनि वितरण गर्ने लक्ष्य राखिएको अध्यक्ष बजगाईले बताउनुुभयो । साथै अभियान अन्र्तगत जनचेतना मुलक कार्यक्रम, टोल टोलमा पुगेर कोरोना विरुद्ध लड्ने क्षमताको विकास, सरसफाई सम्बन्धी चेतना मुलक कार्यक्रम लगायत गरिने अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।















