जीतपुरसिमरामा सम्पुर्ण परीक्षा स्थगित
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले नगरस्तरिय परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सरकारले एसईई परीक्षा समेत स्थगित गरेको अवस्थामा नगर स्तरिय परीक्षा पनि स्थगित गरिएको शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसादले जानकारी दिनुभयो ।
कोरोना भाईरसको जोखिम बढेपछि उपमहानगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागी सम्पुर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले अहिले केहिबेरमा परीक्षा स्थगित गरिएको सुचना निकाल्दैछ ।















