जीतपुरसिमराबाट जादा जादै सेढाईले मेयरलाई भने : ‘मन्त्री भएको देख्न पाऊ !’

ए वान डेस्क
६ चैत्र २०७६, बिहीबार ११:२७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिदाई गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकपछि कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत सेढाईलाई बिदाई गरेका हुन् ।

नगर कार्यपालिकाको बैठक हिजो बसेको थियो । सेढाईले २०७५ असोज २४ गते जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सेढाईको ठाउमा अब बैकुण्ठ निधि शर्मा आउनुहुने भएको छ । सेढाईको कर्मचारीहरुले आज बिदाई गर्ने कार्यक्रम छ । बिदाई गर्नुअघि कार्यपालिका बैठकमा सदस्यहरुले सेढाईको कार्यकालको प्रशंसा गरेका थिए ।

सेढाईले के भने ?

आफ्नो कार्यकाल सफल्ता पुर्वक सम्पन्न भएको बताउनुभयो । ‘म आफै आफ्नो कार्यकालको प्रशंसा गर्दिन्, त्यसकको मुल्यांकन तपाईहरुले गर्ने हो’ उहाले भन्नुभयो ।

‘यो अवधीभर सबैको साथ र सहयोग मैले पाए, मबाट कहि कतै कमजोरी भएकोपनि हुन सक्छ, त्यसो छ भने माफि दिनुहोला’ उहाले थप्नुभयो ‘अहिले तपाईहरु जुन पदमा हुनुहुन्छ, केहि समयपछि तपाईहरुको पद बढेको देख्न पाऊ, स्तरउन्नती भएको देख्न पाऊ’ ।

मेयरलाई भने : ‘मन्त्री भएको देख्न पाऊ !’

उपमहानगरपालिकाबाट जादा जादै सेढाईले नगर प्रमुख डा. कृष्ण पौडेललाई भन्नभुयो ‘यो जिम्मेवारी बाहेकपनि मेयर साबलाई मन्त्री भएको देख्न पाऊ’ । त्यसो भन्दा छेउमै रहेका नगर प्रमुख पौडेल मुसुमुसु हासिरहनुभएको थियो भने केहि कार्यपालिका सदस्यले तालि बजाएका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकामा झन्डै डेढ बर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका सेढाई मन्त्रालय जादैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*