बारामा मास्क र ग्यासको ब्यापक कालोबजारी, के गर्दैछ प्रशासन ? (सुन्नुहोस् अडियो)
ए वान डेस्क /
बिश्व नै यतिबेला कोरोना भाईसरको त्रासमा छ । कोरोना भाईरसकै कारण हजारौले ज्यान गुमाईसकेका छन् । लाखौमा संक्रमण भेटिएको छ । माहामारिको रुपमा कोरोना भाईरसको त्रास बिश्वभरी नै कायमै रहेका बेला कतिपयलाई भने कोरोना गरि खाने भाडो भएको छ । केहिबर्ष अघि नाकाबन्दी हुदा कयौलाई पर्व लागेको थियो ।
त्यसबेला नाकाबन्दीको मौका छोपी कयौले फाईदा लुट्नुसम्म लुटे । हो, आजपनि नाकाबन्दीकै बेला जस्तै गरी मास्क, ग्यास लगायतका अत्यवाश्यक सामाग्रीको कलाबजारी भईरहेको छ । कतै मास्कको कृति अभाव गरेर बेचिन्छ त कतै ५ रुपैया पर्ने मास्क ३० रुपैयासम्म बेच्ने गरिन्छ । अब ग्यासको त कुरै नगरौ । ग्यास खोज्न बजार निस्किनुभयो भने पाईदैन् ।
कोरोनाको हल्लाले ग्यासको पनि कृतिम अभाव गर्न थालिएको छ । जसका कारण उपभोक्तालाई प्रत्यक्ष असर गरिरहेको छ ।
नाकाबन्दी सकिए लगत्तै यस्तै मौका छोपेर कालोबजारी गर्नेहरु भने खुशि छन् यतिबेला । बजारमा अहिलेपनि मास्क पाईन्छ, तर बढि पैसा तिनुपर्छ, ग्यासपनि पाईन्छ, त्यसको लाग बढि नै पैसा तिर्नु पर्छ ।
प्रशासनले पनि अनुगमन गरिरहेको बताउछ । तर प्रशासनको अनुगमनलाई नै धज्जी उडाउने गरी अहिले पनि बजारमा मास्कको कलाबजार भईरहेको छ । ग्यासको त कुरै छोडौ । यी सबै समस्या थाहा हुदा हुदैपनि बारा प्रशासन के गर्दैछ ? यो प्रश्न हामीले बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेललाई राखेका थियौ ।
सुन्नुहोस् यो अडियो रिपोर्ट :
https://www.facebook.com/rajuraj.giri.756/videos/147977970040053/
प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाईलाई आधार मान्ने हो भने बारामा मास्क नै छैन् । अनि ग्यास अभाव भएको वा कृतिम अभाव गरिएको उहाको निकायसम्म कुरा पुगेको छन् ।
त्यसो हो भने के उपभोक्ताले झुट बोलिराखेका छन्, अझ भनौ के प्रशासनको अनुगमन प्रभावकारी नभएकै हो त ? जे होस् बारा प्रशासनले बजारमा देखिएको यी यस्ता समस्याको बिषयमा गंभिरतापुर्वक चासो देखाउने भने जरुरी देखिएको छ ।
हैन् भने गायक पशुपति शर्माले भने जस्तै र नाकाबन्दीमा भए जस्तै लुट्न सके लुट कान्छा नहोस् ।
यो अडियो रिपोर्ट रेडियो आकाशवाणी ९३.१ मेगाहर्जले तयार गरेको हो ।















