अब जीतपुरसिमरामा पनि आइसोलेसन वार्ड !

ए वान डेस्क
८ चैत्र २०७६, शनिबार १८:११

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा बिशेष अस्पताल (आइसोलेसन वार्ड) बनाउने तयारी गरिएको छ । कोरोना भाईरसको संक्रमणलाई मध्यनगजर गर्दै उपमहानगरपालिकाले वडा नम्बर २ मा बिशेष अस्पताल (आइसोलेसन वार्ड) बनाउने तयारी गरेको हो ।

वडा नम्बर २ स्थित तराई यातायात ब्यवसायी संघसंगै रहेको जाली कारखानाको भवनमा क्वारेन्टाईन र आइसोलेसन वार्ड निर्माण गर्न लागिएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । सो कारखाना बर्षौदेखि बन्द अवस्थामा छ ।

नगर प्रमुख पौडेलका अनुसार पहिलो चरणमा २५ शैयाको अस्पताल निर्माण गरिनेछ भने आवश्यक्ता अनुरुप क्रमशः बढाईनेछ । अस्पताल स्थापनाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ र स्थानीय संघसंस्थाहरुसँग सहकार्य भएको उहाले बताउनुभयो । जाली कारखानामा बिशेष अस्पताल (आइसोलेसन वार्ड) बनाउने बिषयमा आज बिहान तराई यातायात व्यवसायी संघ सिमरामा सर्वपक्षिय छलफल भएको थियो ।

छलफलपछि सरोकारवालाहरुले निर्माण लागिएको बिशेष अस्पताल (आइसोलेसन वार्ड) स्थलको निशिक्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*