सिमरा कलेजका बिद्यार्थीले जीतपुरमा बाडे मास्क

ए वान डेस्क
९ चैत्र २०७६, आईतवार ०८:१३

ए वान डेस्क /

सिमराको कलेजमा अध्यनरत्त बिद्यार्थीहरुले कोरोनाबाट बच्न सबैजना सचेत र सर्तक हुनुपर्ने बताएका छन् । बाराको जीतपुर लगायत आसपासका क्षेत्रमा मास्क प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

यस्तो अवस्थामा आत्मबल बढाउनुपर्ने भन्दै उनीहरुले नआत्तिन आग्रह गरे । स्नातक वर्ष २०७६ ले आयोजना गरेको कार्यक्रममा बिद्यार्थीहरुले मास्क, साबुन, सेनिटाईजर लगायतका अत्यावश्क सामग्री प्रदान गरेका थिए ।

वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठको सहयोगमा प्राप्त मास्क आफुहरुले जीतपुर आसपासको क्षेत्रमा प्रदान गरेको बिद्यार्थी आकाश श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*