जीतपुरसिमरामा ‘बिशेष अस्पताल’ : मेयरको संयोजकत्वमा बन्यो जम्बो टोलि

ए वान डेस्क
९ चैत्र २०७६, आईतवार १९:१९

ए वान डेस्क /

जीतपुरसिमरामा उपमहानगरपालिकामा बिशेष अस्पताल (आईसोलेसन वार्ड) बनाउने तयारी तिब्र रुपमा भईरहेको छ । कोरोना संक्रमितको उपचार गर्न वडा नम्बर २ मा बनाउन लागिएको बिशेष अस्पताल (आईसोलेसन वार्ड) को तयारी तिब्र रुपमा भईरहेको हो ।

तयारी स्वरुप नगर प्रमुख डा. कृष्ण पौडेलको संयोजकत्वमा आज मुल सञ्चालन समिति गठन गरिएको छ । वडा नम्बर २ स्थित तराई यातायात व्यवसायी संघ सिमरासंगै रहेको पुरानो गार्मेन्ट उद्योगमा उपमहानगरपालिकाले १०० शैयाको बिशेष अस्पताल बनाउन लागेको हो ।

समितिमा को को छन् ?

नगर प्रमुख पौडेलको संयोजकत्वमा बनेको जम्बो टोलिमा उप प्रमुखसहित जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत, बिभिन्न राजनितिक दलका प्रतिनिधि, ईलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय सिमराका प्रतिनिधि, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी संघका प्रतिनिधि, तराई यातायात व्यवसायी संघका प्रतिनिधि लगायत रहेका छन् । समितिको प्रवक्ताको जिम्मेवारी ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेलाई दिईएको छ ।

के के हुदैछ ?

बिगत लामो समयदेखि बन्द अवस्थामा रहेको पुरोनो गार्मेन्ट उद्योगमा अहिले धमाधम बिशेष अस्पताल (आईसोलेसन वार्ड) बनाउने काम भईरहेको छ । नगर प्रमुख डा. पौडेलका अनुसार बिद्युत्त जडान, खानेपानी व्यवस्थापनसंगै शैया व्यवस्थापनको काम भईरहेको छ ।

‘काम धमाधम भईरहेको छ, अब केहिदिन भित्रमा नै १०० शैयाको बिशेष अस्पताल तयार हुनेछ’ नगर प्रमुख पौडेलले भन्नुभयो । निर्माणस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले धमाधम काम गरिरहेका छन् ।

सिडिओद्धारा निरिक्षण

आज मात्र बारा आईपुग्नुभएका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले युद्धस्तरमा निर्माण भईरहेको बिशेष अस्पतालको निरिक्षण गर्नुभएको छ । जिल्लाका सुरक्षा प्रमुखहरुसहित जीतपुरसिमरा आउनुभएका प्रमुख जिल्ला अधिकारी पण्डितले बन्दै गरेको अस्पतालको निरिक्षण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*