जीतपुरसिमरा उपमहानगर : कार्यपालिकाको ‘आकस्मिक बैठक’ बस्दै
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यपालिकाको आकस्मिक बैठक अहिले बसिरहेको छ । उपमहानगरपालिकाको कार्यालयमा बसिरहेको बैठकले कोरोनाको बिषयमा निर्णय गर्ने बताईएको छ ।
नेपालमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आगामी कार्ययोजना बनाउन आकस्मिक बैठक बोलाएको हो । कोरोना संक्रमितको निम्ति उपमहानगरपालिकाले सिमरामा १०० शैयाको बिशेष अस्पताल निर्माण गरिरहेको छ ।















