जीतपुरसिमरा आजदेखि ‘लक डाउन’ : ५० लाखको कोष स्थापना गर्ने निर्णय
ए वान डेस्क /
अत्यावश्क सेवा बाहेक सबै क्षेत्र बन्द गर्नेगरी जीतपुरसिमरा उपमहानगरपालिकालाई आजदेखि लक डाउन गरिएको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाको आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
केहिबेर अघि सकिएको कार्यपालिकाको आकस्मिक बैठकले चैत्र २१ गतेसम्मका लागी जीतपुरसिमरा लक डाउन गर्ने निर्णय गरेको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसैगरी बैठकले बिशेष अस्पतालको लागि ५० लाख रुपैयाको बिपत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
कार्यपालिकाको आकस्मिक बैठकपटि ए वान समाचारसंग कुरागर्दै नगर प्रमुख पौडेलले भन्नुभयो ‘चैत्र २१ गतेसम्म जीतपुरसिमरालाई लक डाउन गर्ने निर्णय भएको छ, योसंगै अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द हुनेछ’ ।















