जीतपुरसिमरा उपमहानगर : वडा ४ बाट केहि सिक्ने कि ?

ए वान डेस्क
१२ चैत्र २०७६, बुधबार १४:४०

ए वान डेस्क /

कोरोना भाईरसबिरुद्धको अभियानलाई सफल पार्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा युवा स्वयंसेवक टोलि गठन गरिएको छ । वडा नम्बर ४ भित्र रहेका बिभिन्न टोलका युवाहरुलाई संगठित गरी वडा कार्यालयले स्वयंसेवक टोलि गठन गरेको हो ।

सार्वजनिक सुचना जारी गर्दै वडा कार्यालयले युवा स्वयंसेवक टोलि गठन गरिएको जनाएको छ । एक आपसमा भेटघाट गरी सम्पुर्ण बस्तुस्थितीहरु फोनमार्फत सम्बन्धी निकायमा जानकारी गराउन समेत आग्रह गरिएको वडा अध्यक्ष भोज बहादुर खत्रीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसैबिच, वडा कार्यालयले बैदेशीक रोजगारीबाट घर फर्किएकाहरुलाई वडा कार्यालय वडा सम्बन्धीत निकायलाई सम्पर्क गर्न आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक हिडडुल नगर्न आग्रह गर्दै वडा कार्यालयले सजक र सचेत रहन आग्रह गरेको छ ।

यस्तो छ वडा कार्यालयले निकालेको सुचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*