सिमरा प्रहरीलाई युवा व्यवसायी गौतमले दिए मास्क
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमरालाई आज दुई सय वटा मास्क प्रदान गरिएको छ । कोरोना भाईरसबाट बच्न सिमराका युवा व्यवसायी प्रविन गौतमले आज सिमरा प्रहरीलाई दुई सय वटा मास्क प्रदान गरेका हुन् ।
प्रहरी कार्यालयमै युवा व्यवसायी गौतमले प्रहरी प्रमुख गोविन्द पुरीलाई मास्क हस्तान्तरण गरेका थिए । गौतम फेशन ईन्डस्ट्रिजका सञ्चालकसमेत रहेका गौतमले आफैले उत्पादन गरेको मास्क जनताको सुरक्षार्थ खटिने प्रहरीलाई दिन पाउदा आफु निकै खुशि भएको बताउनुभयो ।
सो क्रममा प्रहरी प्रमुख पुरीले कार्यायमा कार्यरत्त प्रहरीलाई मास्क प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका दिपक चौधरी, सञ्चारकर्मी प्रदिप गौतम लगायतको उपस्थिति रहेको थियो ।
















