जीतपुरसिमरा उपमहानगर : जन्मदिनको खर्च राहत वितरणमा

ए वान डेस्क
२० चैत्र २०७६, बिहीबार १३:२३

कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेसंगै देशका ज्यालामजदुरी गर्ने परिवारलाई आफ्नो स्वास्थ्यको भन्दा छाक टार्न चिन्ता बढेपछी जीतपुरसिमरा २ का दुई जना युवाले आफ्नो जन्मदिनको अवसर पारेर राहत वितरणमा आफ्नो जन्मदिन मनाउने खर्च लगानी गरेका छन् ।

सिमराका युवा ब्यवसायी तथा एयरपोर्ट रोड स्थित निर्माणाधिन सिनेमा हल सहितको सिमरा हेरिटेज एण्ड कम्प्लेक्सका संचालक राजन उप्रेतीले हिंजो परेको आफ्नो जन्मदिनको अवसर पारेर वडाका बिपन्न परिवारका नागरिकलाई राहत बितरणमा सहयोग पुर्याउन २५ हजार एक सय रकम सहयोग गरका हुन् ।

यसैगरी आज (बिहिबार) परेको जन्मदिनका अवसरमा वडा नम्बर २ का वडा सदस्य तथा युवा समाजसेवी धनबहादुर श्रेष्ठ (डि.बि) ले पनी नगद २० हजार ५ सय रकम राहत बितरणमा सहयोग गरेका छन् ।

यसअघि उनले आफ्नो एक महिनाको रकम कोराना राहत कोषमा जम्मा गरिदिने घोषणा समेत गरिसकेका छन् । सो रकम बिहिबार वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

वडा नम्बर २ ले राहत बितरण बारे आयोजना गरेका छलफल कार्यक्रममा उनीहरुले नगद हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*