सिमराका युवा समाजसेवी ठकुरीद्धारा राहत कोषमा १० हजार सहयोग

ए वान डेस्क
२० चैत्र २०७६, बिहीबार १३:४७

सिमराका निर्माण व्यवसायी गणेश शाह ठकुरीले सरकारको राहत कोषमा १० हजार रुपैया सहयोग गर्नुभएको छ । आलमदेवी निर्माण सेवाका सञ्चालक समेत रहेका ठकुरीले सरकारले सञ्चालन गरेको राहत कोषमा १० हजार रुपैया सहयोग गर्नुभएको हो । राष्ट्रिय वाणिज्य बैंक सिमरा शाखामार्फत ठकुरीले कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा आज १० हजार रुपैया सहयोग गनुर््भएको हो ।

सामाजिक कार्यमा सक्रिय युवा समाजसेवी ठकुरीले बिभिन्न समयमा सहयोग रकम प्रदान गर्दै आईरहनु भएको छ । कोरोना भाईरसको नियन्त्रण तथा उपचार गर्न सरकारले सञ्चालन गरेको कोषमा सहयोग रकम संकल्न हुने क्रम जारी छ । यदी तपाईपनि उपचार कोषमा सहयोग गर्न चाहनु हुन्छ भने राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*