सिमरा जेसीसले ‘बजार क्षेत्र’ मा छर्कियो किटनाशक औषधी
ए वान डेस्क /
सिमरा जेसीसले आज बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा किटनाशक औषधी छर्किएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित सिमरा बजार क्षेत्रमा जेसीसले आज किटनाशक औषधी छर्किएको हो ।
सम्भावित संक्रमणको जोखिमलाई नियन्त्रण गर्न वडा नम्बर २ को सहयोगमा आफुहरुले किटनाशक औषधी छर्किएको जेसीसका अध्यक्ष धनञ्जय थोकरले ए वान समाचारलाई जानकारी दिनुभयो । जेसीसले सिमरा बजार आसपासका क्षेत्रमा छर्किएको किटनाशक औषधीबाट ५०० घरपरिवार लाभान्वित भएको महासचिव शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, सिमरा जेसीसका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उपमहानगरपालिकाले पनि बिभिन्न क्षेत्रमा केहिदिन यता किटनाशक औषधी छर्किदै आएको छ ।















