जीतपुरसिमरा उपमहानगर : आज एकैदिन १८ जनाको स्वास्थ्य परिक्षण

ए वान डेस्क
२१ चैत्र २०७६, शुक्रबार २१:२६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको अस्थायी कोरोना अस्पतालमा आज १८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । कोरोना भाईरसको आंशकामा बिभिन्न स्थानबाट स्वास्थ्य परिक्षण गराउन आएका १८ जनाको आज स्वास्थ्य परिक्षण गरिएको हो ।

तराई यातायात व्यवसायी संघ सिमरासंगै रहेको पुरानो गार्मेन्ट उद्योगमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा आजदेखि स्वास्थ्य परिक्षण शुरु गरिएको हो । पहिलो दिन १८ जनाको स्वस्थ्य परिक्षण गरिएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

जस अन्र्तगत पहिलो चरणको परिक्षण सम्पन्न गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुको रिपोर्ट भने केहिदिनमा आउने बुझिएको छ ।

कोरोना परिक्षण गर्न उपमहानगरपालिकाले वडा नम्बर २ स्थित पुरानो गार्मेन्ट उद्योगमा १०० शैयाको अस्थायी अस्पताल निर्माण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*