परोपकारी युवा सञ्जालले पर्सामा बाड्यो राहत

ए वान डेस्क
२३ चैत्र २०७६, आईतवार ०९:१३

ए वान डेस्क /

परोपकारी युवा सञ्जाल नेपालले पर्साको सखुवा पसौनीमा १९ घरपरिवारलाई राहत वितरण गरेको छ । सखुवा पसौनी गाउपालिकाको अनुरोधमा सञ्जालले वडा नम्बर १ स्थित उराव टोलका १९ घरपरिवारलाई राहत वितरण गरेको हो ।

उराव टोलका १९ घरपरिवार अति नै बिपन्न रहेको भन्दै गाउपालिकाले राहत वितरणको निम्ति सञ्जाललाई अनुरोध गरेको थियो । सोही अनुरोधको आधारमा आफुहरुले हिजो राहत वितरण गरेको सञ्जालका रमेश सापकोटाले जानकारी दिनुभयो ।

उराव टोलमै पुगेर सञ्जालले प्रतिपरिवार चामल १८के.जि., दाल २के.जि., तेल १लि., नुन १ के.जि., मसला १००ग्राम, साबुन २ वटा र मास्क ४ वटा वितरण गरेको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत गठित सञ्जालले बिगत लामो समयदेखि राहत वितरण गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*