सिमरा प्रहरी : यो होनि पक्राउ गर्ने तरिका !

ए वान डेस्क
२५ चैत्र २०७६, मंगलवार १९:३६

ए वान डेस्क

ईलाका प्रहरी कार्यालय सिमराले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ को माध्यमबाट पक्राउ गर्न थालेको छ । आज सिमरा आसपासका क्षेत्रका बिभिन्न स्थानमा सोही उपकरणको नमुना प्रयोग गरिएको छ ।

अब सोही उपकरणको सहायताले शर्वसाधारणलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । केहि समयअघि प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको थियो । सडकमा अनावश्यक रुपमा हिडेकालाई पक्राउ गर्न प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो ।

आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन ।

मानवनिर्मित रेस्क्यु डिभाईरसले सहजीकरण गर्ने काम गर्ने ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले ए वान समाचारलाई जानकारी दिनुभयो । उहाका अनुसार जीतपुरसिमरा उपमहानगरपालिमा अहिले २ वटा रेस्क्यु डिभाईस प्रयोग गरिएको छ ।

‘यो हामी आफैले बनाएका हौ, यसको सहयोगबाट शर्वसाधारणलाई पक्राउ गर्नेछौ’ पुरीले थप्नुभयो ‘पहिलो पटक आज हामीले केहिलाई सम्झायौ, नमानेमा हामी पक्राउ नै गर्नेछौ’ । सिमरामा मात्र आज पहिलो दिन २ वटा डिभाइस प्रयोग गरिएको छ ।

मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*