अमलेखगञ्ज २२ : २०० घर परिवारलाई राहत वितरण
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ ले आज २०० घर परिवारलाई राहत वितरण गरेको छ । लक डाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई वडा कार्यालयले आज राहत वितरण गरेको हो ।
वडा नम्बर २२ को २ नम्बर, ३ नम्बर पुल, चकरी र नया बस्तीका अति बिपन्न परिवारलाई राहत वितरण गरिएको वडा सचिव बालाराम खड्काले जानकारी दिनुभयो । राहतमा २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन प्रदान गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको उपस्थितिमा वडा कार्यालयले राहत वितरण गरेको हो ।
वडा सचिव खड्का अनुसार आवश्यक्ता अनुसार पुनः राहत वितरण गरिनेछ । वडा नम्बर २१ ले पनि केहिदिन अघि अति बिपन्न परिवारलाई राहत वितरण गरेको थियो ।















