जीतपुरसिमरा ११ : मुसहरबस्तीमा युवाहरुले बाडे राहत
ए वान डेस्क /
जीतपुरसिमराका उपमहानगरपालिका वडा नम्बर ११ अमाडारस्थित मुसहरबस्तीमा आज ८१ घर परिवारलाई राहत वितरण गरिएको छ । रेडियो आकाशवाणी ९३.१ मेगाहर्जको समन्वय तथा युवा व्यवसायीहरुको सहयोगमा अमाडारस्थित मुसहरबस्तीमा ८१ घर परिवारलाई आज राहत वितरण गरिएको हो ।
केहिदिन अघि रेडियो आकाशवाणी ९३.१ मेगाहर्जले मुसहरबस्तीका अति बिपन्न परिवार लक डाउनका कारण समस्यामा परेको समाचार प्रशारण गरेको थियो । रेडियोबाट प्रकाशित समाचार र अपलोड गरिएको भिडियो हेरेर युवा व्यवसायीहरुले राहत प्रदान गरेका हुन् । ख्वपः क्यारियर्स प्रा.लिका सञ्चालक निमेश पलिखेल, युवा व्यवसायी मुकेश गुप्ता, रोकश गुप्ता, परोपकारी युवा सञ्जाल नेपाल र रेडियो आकाशवाणी ९३.१ मेगाहर्जले संयुक्त रुपमा राहत प्रदान गरेका हुन् ।
https://www.facebook.com/rajuraj.giri.756/videos/154567762714407/
अमाडारमा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा मुहरबस्तीका ८१ घरपरिवारलाई राहत वितरण गरिएको हो । राहतमा ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, १ प्याकेट तेल, १ प्याकेट नुन र एउटा साबुन राखिएको थियो ।
वडा अध्यक्ष बिनोद प्रसाद यादवको बिशेष उपस्थितिमा बितरण गरिएको राहत सामाग्री पाएपछि मुसहर समुदाय खुशि भएका थिए । वडा अध्यक्ष यादवले वडा स्तरबाट पनि छिट्टै राहत वितरण गरिने जानकारी दिनुभयो ।















