सिमरा जेसीजले जीतपुरसिमरालाई दियो १० थान ‘पिपिई’
जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना बिशेष अस्थाई अस्पतालका लागि सिमरा जेसीजले आज ब्यक्तीगत सुरक्षा सामाग्री ‘पिपिई’ प्रदान गरेको छ । महाबिर पुनद्वारा सञ्चालित राष्ट्रिय आबिस्कार केन्द्रमा निर्माण भएका १० थान पिपिई आज सिमरा जेसीजले उपमहानगरपालिकालाई प्रदान गरेको हो ।
सिमरा जेसीजका अध्यक्ष धनन्जय थोकरका अनुसार सो पिपिई नगर प्रमुख डा. कृष्ण पौडेललाई हस्तान्तरण गरिएको थियो । अस्पतालको क्वारेन्टाईनमा भर्ना भएकाहरुको चेकजाँचका लागि खटिने चिकित्सकहरुलाई पिपिई अभाव नहोस् भन्नका लागि आफुहरुले केहि सहयोग गरेको महासचिव शालिकराम अधिकारीले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी, जेसीजका हरि अधिकारी लगायतको उपस्थिती रहेको थियो ।















