जीतपुरसिमरा उपमहानगर : वडा ४ र २३ ले बाड्यो राहत

ए वान डेस्क
३० चैत्र २०७६, आईतवार ०८:०७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ र २३ ले शनिवार राहत वितरण गरेको छ । लक डाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारले वडा नम्बर ४ र २३ को कार्यालयले शनिवार राहत वितरण गरेको हो ।

वडा नम्बर २३ ले २ सय ३० घरपरिवारलाई राहत वितरण गरेको छ । सर्वपक्षिय बैठकले अति बिपन्न ३ सय घरपरिवारलाई राहत दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा शनिबार २ सय ३० घरपरिपारलाई राहत बितरण गरिएको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।

उहाका अनुसार बाकी ७० घरपरिवारलाई आईतबार राहत बितरण गरिनेछ । राहतमा २० किलो चामल, ५ किलो पिठो, ३ किलो आलु, दाल २ किलो, तेल एक लिटर, प्याज १ किलो, नुन १ किलो र एक पाउ स्वाबिन बितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*