अमलेगखञ्जबाट वडा २१ ले गर्यो १०१ जनाको उद्धार
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ ले सडकमा अलपत्र परेका १०१ जनाको आज उद्धार गरेको छ । धादिङबाट घर निस्किएकाहरु अलपत्र परेका १०१ जनाको आज वडा कार्यालयले उद्धार गरेको हो ।
लक डाउनका कारण जिवनयापन गर्न समस्या भएपछि धादिङबाट १०१ जनाको टोलि हिजो गन्तब्य स्थलतर्फ निस्किएका थिए । हिजो बिहान ६ बजे धादिङबाट निस्किएका उनीहरु हिडेरै साझ ६ बजे चित्लाङ आईपुगेका थिए । चित्लाङमा थाहा नगर नगरपालिकाले उनीहरुलाई राती राखेको थियो ।
थाहा नगरपालिकाले नै उनीहरुलाई गाडिमा आज अमलेखगञ्जमा ल्याईदिएको थियो । बारासहित रौतहट, सप्तरी, सिन्धुली, सर्लाहीका गरी १०१ जनाको टोलि अमलेखगञ्ज दिउसो आईपुगेको थियो । आज दिउसो बिभिन्न संघ संस्थाको सहयोगमा वडा कार्यालयले १०१ जनालाई खाजा नास्ता खुवाएको थियो ।
खाजा नास्तापछि वडा कार्यालयले ईलाका प्रहरी कार्यालय सिमरासंग सहकार्य गरी उनीहरुलाई बिभिन्न सवारी सधानमार्फत आफ्नो गन्तब्य स्थलसम्म पठाएको थियो । अमलेखगञ्ज प्रहरीको बिशेष सक्रियतामा वडाले अलपत्र परेकाहरुलाई गन्तब्यसम्म पुर्याउने व्यवस्था मिलाएको वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो ।
सो क्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले अलपत्र परेकाहरुलाई गन्तब्यसम्म पुर्याउने तयारीमा आफुहरु लागेको बताउनुभयो ।















