जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले भन्यो : ६ लेनको काम गरौ

ए वान डेस्क
७ बैशाख २०७७, आईतवार १७:३८

ए वान डेस्क /

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पथलैया–विरगञ्ज सडक खण्डलाई ६ लेनको बनाउने कार्य पुनः सञ्चालन गर्न माग गरेको छ । नगर उद्योग वाणिज्य संघले आज एउटा पत्र लेख्दै व्यापारीक मार्गको कार्यलाई निरन्तर्ता दिन माग गरेको हो ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहद्धारा लिखित पत्रमार्फत ईलाका प्रशासन कार्यालय सिमरालाई निर्माण कार्यलाई निरन्तर्ता दिन पहल गरिदिन आग्रह गरेको छ । लक डाउनको समयमा अन्य आयोजना सरह ६ लेनको निर्माण कार्यलाई पनि दु्रत गतिमा अघि बढाउन उद्योग वाणिज्य संघले माग गरेको हो ।

पत्रमा भनिएको छ ‘अन्य गौरबका आयोजना झै पथलैया बिरगंज ब्यापारीक मार्गको निर्माण कार्यलाइ निरन्तरता दिदा अहिले काम पनि छिटो हुने, सम्भावित दुर्घटना न्यूनीकरण हुने र सेवाग्राहीहरुले पनि ठुलो राहत महसुश गर्ने भएकोले सो कार्य सुचारु गर्न सम्बन्धित निकायहरुमा पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’ ।

६ लेनको निर्माण कार्य समयमा नबन्दा शर्वसाधारणले सास्ती व्यहोर्दै आएको भन्दै उद्योग वाणिज्य संघले शुरक्षाको प्रयाप्त बन्दोबस्त गरि निर्माण कार्य अघि बढाउन माग गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*