सामाजिक कार्यमा सिमरा फाउण्डेशनको सक्रियता

ए वान डेस्क
९ बैशाख २०७७, मंगलवार २२:०२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा सिमरा फाउण्डेशनले आज सेनिटाईजिङ्ग स्प्रे बुथ स्थापना गरेको छ । कोरोना भाईरस (COVID 19) संक्रमण रोकथाम नियन्त्रणको निम्ति सिमरा फाउण्डेशनले आज अस्पतालमा सेनिटाईजिङ्ग स्प्रे बुथ स्थापना गरेको हो ।

सामाजिक कार्यमा सक्रिय फाउण्डेशनले अन्य स्थानमा पनि सेनिटाईजिङ्ग स्प्रे बुथ राख्ने तयारी गरेको अध्यक्ष आरिफ हुसेनले जानकारी दिनुभयो । ‘हामीले आज शुरुवात मात्र गरेका हौ, यस्तै बुथ हामी जीतपुरसिमराभित्र धेरै ठाउमा राख्नेछौ’ उहाले भन्नुभयो । बिपतको समयमा सबै युवाहरु एक हुनुपर्नेभन्दै उहाले माहामारिको यो समयमा कोरोनाविरुद्ध होमिन सबैलाई आग्रह गर्नुभयो ।

सो क्रममा नगर प्रमुख डा.कृष्ण पौडेल, ईलाका प्रशासन कार्यलय सिमराका प्रमुख कृष्ण गैरे, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोबिन्द पुरि, वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, डा. अनुस था, अनुसन्धान अधिकृत दिपक चौधरी, वडा सदस्य धन ब.श्रेष्ठ, फाउन्डेसनका सल्लाहकार दिनेश राई, संरक्षक हिरा बस्नेत, उपाध्यक्ष सोमलाल बम्जन, कोषाध्यक्ष समिर मगर, सचिव त्रिलोक ठकुरी लगायत फाउन्डेसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*