जीतपुरमा वडाले बाड्यो दोस्रो चरणको राहत
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले आज दोस्रो चरणको राहत वितरण गरेको छ । लक डाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई वडा कार्यालयले आज दोस्रो चरणको राहत वितरण गरेको हो ।
दोस्रो चरणमा वडा कार्यालयले आज ५२५ घर परिवारलाई राहत वितरण गरेको छ । यसअघि पहिलो चरणमा ७०३ घर परिवारलाई राहत वितरण गरेको वडा कार्यालयले आज ५२५ घर परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष रामबाबु गुप्ताले ए वान समाचारलाई जानकारी दिनुभयो ।
राहतमा चामल २० किलो, आलु २ किलो, दाल १ किलो, तेल १ लिटर, स्वाबिन २५० ग्राम र १०० ग्रामको एउटा साबुन वितरण गरिएको छ ।















