समाचारको खण्डन गर्न जीतपुरसिमराको पत्रकार सम्मेलन !

ए वान डेस्क
१६ बैशाख २०७७, मंगलवार २१:२७

ए वान डेस्क /

सिधा कुरा जनतासंग कार्यक्रममा बिग्रेको थर्मल गन प्रयोग भएको समाचार प्रशारण भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले आज समाचारको खण्डन गरेको छ ।

अस्थायी कोरोना अस्पताल सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरपालिकाले समाचारको खण्डन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख डा. कृष्ण पौडेलले सत्य तथ्य समाचार मात्र प्रशारण गर्न आग्रह गर्नुभयो । बुझाईमा समस्या हुदा समाचार प्रशारण भएको भन्दै उहाले गलत प्रचार गरिएको बताउनुभयो ।

‘केहि थर्मल गन बिग्रिएका पनि छन्, तर समाचार प्रशारण भएको बिषयमा भने बुझाईमा समस्या भएको देखियो’ नगर प्रमुख पौडेलले थप्नुभयो ‘प्रत्यक्ष रुपमा हामी पनि कुरा गर्न चाहन्छौ’ । कोरोना संक्रमण नियन्त्रणको निम्ति सबै क्षेत्रबाट आएको सहयोग महत्वपुर्ण रहेकोभन्दै उहाले सबैलाई सजक र सचेत रहन समेत आग्रह गर्नुभयो ।

बाहिरबाट आउनेहरु माथि उपमहानगरपालिकाले बिशेष निगरानी गरेकोभन्दै कोरोना संक्रमण हुन नदिन नियन्त्रणको प्रयास गरिएको उहाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै अस्थायी कोरोना अस्पतालका प्रवक्तासमेत रहेका ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले गलत समाचार प्रशारण गरिएको बताउनुभयो । उहाले भन्नुभयो ‘त्यो गनले राम्रोसंग काम गरेको थियो, डा. साबले केहि थर्मल गन बिग्रेको छ है भनेर भन्नुभएको थियो, त्यसैलाई टुईस्ट गरेर समाचार बनाईयो’ ।

डा. अनुष थाले थर्मल गन प्रयोगमा आफुहरुले लापरर्वाही नगरेको बताउनुभयो । उहाले भन्नुभयो ‘हामीसंग ३ वटा थर्मल गन छ, २ वटा बिग्रिएको छ तर जुन बेलामा प्रयोग गरिएको थियो त्यो राम्रो थियो’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*