जीतपुरसिमरामा कोरोना देखिएपछि ‘संक्रमित क्षेत्र’ सिल गर्ने तयारी

ए वान डेस्क
१७ बैशाख २०७७, बुधबार १५:४४

ए वान डेस्क /

जीतपुरसिमरा उमपहानगरपालिकामा कोरोना संक्रमण देखिएपछि प्रशासनले संक्रमित क्षेत्रलाई सिल गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ र २० का दुई ब्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम नियन्त्रण गर्न प्रशासनले संक्रिमित क्षेत्रलाई सिल गर्ने तयारी गरेको हो ।

जस अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, ईलाका प्रशासन कार्यलयका प्रमुख कृष्ण गैरे, प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलिले जीतपुर र इनर्वासिरा क्षेत्रमा स्थलगत निरिक्षण गरेको छ ।

प्राप्त जानकारी अनुसार कोरोना संक्रमित क्षेत्र सिल गर्ने तयारी भएको हो । कोरोना संक्रमित दुवै व्यक्ति मुस्लीम समुदायका हुन् । संक्रमितमध्ये एकजना जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर र अर्का सिम्रौनगढ नगरपालिका वडा नम्बर चार हरिहरपुर घर भई जीतपुरसिमरा १९  ईनर्वासिरा बस्दै आएका छन् ।

संक्रमण पुष्टि भएका दुबै जनालाई केहिबेरअघि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ । बारा प्रशासनका अनुसार उनिहरुको सम्पर्कमा आएका ब्यक्तीहरुको खोजी कार्यपनि थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*