जीतपुरसिमरामा कोरोना देखिएपछि बिहानैदेखि आवत जावतमा कडाई

ए वान डेस्क
१८ बैशाख २०७७, बिहीबार १२:३८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिमा हिजो एकैदिन २ जनामा कोरोना संक्रमण देखिएपछि आज बिहानैदेखि आवत जावतमा कडाई गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ र १९ मा २ जनामा कोरोना संक्रमण देखिएपछि आवात जावतमा कडाई गरिएको हो ।

जस अनुरुप ईलाका प्रहरी कार्यालय सिमराले आज बिहानैदेखि चेकिङ्ग कडा गरेको छ । आज बिहानैदेखि अहिलेसम्म सिमरा प्रहरीले केहि सवारी साधनलाई कारर्वाही गरेको जनाएको छ ।

‘हामीले आज बिहानैदेखि चेकिङ्ग कडा गरेका छौ, केहि सवारी साधनलाई समेत कारर्वाही गरेका छौ’ ए वान समाचारसंग कुरागर्दै प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले भन्नुभयो । बिना पास निस्कनेहरुलाई कारर्वाही गरिनेभन्दै उहाले थप सजक रहन आग्रह गर्नुभयो ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पटक पटक सार्वजनिक सुचना जारी गरिएपनि सर्वसाधारणले भने अटेर गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*